वानेश्वरमा वर्डलिंकको रक्तदान कार्यक्रम

Read Time = 2 mins

काठमाडौं । काठमाडौंको मध्य वानेश्वरमा वर्डलिंकले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

Always ON and Connected स्लोगन राखेर वर्डलिंकले वानेश्वर र यस्को सेरोफेरो क्षेत्र भित्र रहेका चोक, पार्क, रेस्टुरेन्ट र अन्य मुख्य स्थान र सडकहरूमा गरि ५०० भन्दा बढी ठाउँहरूमा वल्र्डलिंक वाइफाइ एक्सप्रेसको फ्रि इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

उक्त सेवाको शुरुवात वानेश्वरबाट गरिएको जानकारी दिन वर्डलिंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रम देशैभर विस्तार गर्दै लैजाने वल्र्डलिंक नयाँ वानेश्वर शाखाकी प्रमुख समनी सुवेदीले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए । कार्यक्रम शनिबार रत्नराज्य माध्यामिक विद्यालयमा सम्पन्न गरिएको थियो ।

वर्डलिंकले नेपालभर १४ हजार भन्दा बढी स्थानहरूमा वाइफाइ हटस्पट उपलब्ध गरेको छ ।वर्डलिंकको ग्राहकहरूले यि हटस्पटहरूमा Wi–Fi SSID  ‘myWorldLink’  मार्फत एक पटक Login गरी Connect गर्न सक्छन् । एक पटक लगइन भएपछि ग्राहकले Unlimited Internet चलाउन सक्ने वर्डलिंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?