‘प्रेमगञ्ज’को लिरिकल गीत सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । आगामि भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ले नयाँ गीत सार्वजनिक गरिएको छ । गीतका शब्दमात्र राखी सार्वजनिक ‘फेरि भेट होला नहोला’ बोलको गीतले विछोड भएका प्रेमी प्रेमिकाको भाव समेटेको छ ।

सार्वजनिक गीतमा कृष्णहरि बरालका शब्दलाई गैरे सुरेशले संगीत दिनुभएको छ । गीतमा स्वेच्छा ठकुरी र प्रवीन बेडवालको स्वर छ । चलचित्र परिच्छेद सेनले निर्देशन गर्नुभएको हो । प्रेमकथा श्रेणीमा बनेको चलचित्रमा तेज गिरि, बेनिशा हमाल, राइडर प्रशन, सुप्रिया खनाल र सिमरन खड्कालाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरको मैनाराजाको भूमिकामा अभिनय गर्नुभएको छ । यस्तै प्रशन, सुप्रिया र सिमरनले टिनएजर मैना राजाको भूमिका निर्वाह गर्नुभएको छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहनु भएको चलचित्रलाई परिच्छेद स्वयंले लेख्नुभएको हो । अर्जुन जिसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको चलचित्रमा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई आदिको अभिनय छ । चलचित्रमा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?