‘ऐना झ्यालको पुतली’ : बालापन सम्झाउने हरेक परिवारको कथा

Read Time = 3 mins

काठमाडौं । निर्देशक सुजित बिडारीले प्रदर्शोन्मुख फिल्म ‘ऐना झ्यालको पुतली’ले आफ्नो अनुभवजन्य भोगाइको परिणाम रहेको बताउनुभएको छ । मंगलबार पत्रकारसँगको साक्षात्कारमा निर्देशक बिडारीले भुइँचालोले सिर्जना गरेको निस्सारताबीच आफ्नै घरका महिलाले गरेको संघर्षलाई आधार मानेर तयार गरेको कथानकलाई साथीहरूले ‘मेरो जस्तै’ भने पछि ‘ऐना झ्यालको पुतली’ बनेको उहाँले सुनाउनुभयो ।

‘म आमा र दिदीहरूको संघर्ष हेरेर हुर्किएँ । यो फिल्मलाई मेरो भोगाइको प्रतिबिम्बभन्दा पनि हुन्छ । फिल्ममा देखिने आमा, दिदी–भाइ मेरै परिवारका सदस्य हुन् । यो कथा म जस्तै धेरै परिवारको कथा हो,’ उहाले भन्नुभयो, ‘मैले जसरी यो उमेरमा आएर आमा र दिदीहरूको संघर्षलाई हेरेँ त्यसैगरी फिल्म पनि भाइको आँखाबाट आमा र दिदीले गरेको संघर्षमा साक्षी बसेको कथा हो ।’

भदौ २४ लाई प्रदर्शन मिति तोकेको चलचित्रमा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री शीर्ष भूमिकामा हुनुहुन्छ । चलचित्रमा सिरु विष्टबाहेक बाँकी सबै कलाकार नन एक्टर हुनुहुन्छ । निर्देशक तथा कास्टिङ निर्देशकले संखुवासभाका स्कुलबाट अडिशन गरेर उहाँहरूलाई अभिनयका लागि तयार गराउनु भएको हो ।

आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्मस्को संयुक्त व्यानरमा बनेको चलचित्रलाई प्रवीन स्याङ्बो, आकाश पौडेल, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गर्नुभएको हो ।

दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यू करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको फिल्मबाट निर्देशक सुजित बिडारीले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जित्नुभएको थियो । त्योबाहेक फिल्म एसिया प्यासिफिक स्क्रिन अवार्ड र जेलिन अवार्डमा छानिएको थियो । स्वीजरल्याण्डको फ्रिवर्ग इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत प्रदर्शन भएको फिल्मलाई स्वीजरल्याण्डका थुप्रै स्कुलमा देखाइएको निर्माता रामकृष्ण पोखरेलले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?