बिओके र हिमालयनलाई काउन्टर ग्यारेन्टी रकम फिर्ता

Read Time = 3 mins

काठमाडौं । बैङ्क अफ काठमान्डु (बिओके) र हिमालयन बैङ्कले काउन्टर ग्यारेन्टीबापत मेलम्ची खानेपानी आयोजनाको निर्माणका क्रममा उपलब्ध गराएको रकम फिर्ता पाएका छन् । उक्त काउन्टर ग्यारेन्टीबापत बिओकेले ९० करोड र हिमालयन बैङ्कले ६६ करोड फिर्ता मङ्गलबार फिर्ता पाएका हुन् । आयोजना परिचालनका लागि आवश्यक रकम चाइना रेल्वे-१५ समूहलाई उपलब्ध गराउने प्रायोजनका लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुने गरी चाइना कन्स्ट्रक्सन बैङ्कको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी जारी गरिएको थियो । आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौताअनुरूप पूरा नगरी बीचमै छोडेकाले आयोजनाले उक्त ग्यारेन्टीउपर दाबी गरेकाले बिओकेबाट ग्यारेन्टीबापतको रकम भुक्तानी गरिएको थियो ।

उक्त आयोजनाको ठेक्का पाएको चाइना रेल्वेतर्फबाट ग्यारेन्टी बसेको चीनको बैङ्क चाइना कन्स्ट्रक्सन बैङ्कले बिओकेलाई काउन्टर ग्यारेन्टी दिएको थियो । तर, मेलम्ची खानेपानी आयोजना विकास समिति र ठेकेदार कम्पनी चाइना रेल्वे समूह–१५ बीचको विवादका कारण बैङ्क ग्यारेन्टी भुक्तानी रोक्न चाइनिज अदालतमा परेको मुद्दाबाट अन्तरिम आदेश जारी भई चाइना कन्सट्रक्सन बैङ्कबाट बैङ्कले पाउनुपर्ने भुक्तानी रकम प्राप्त हुन सकेको थिएन ।

अन्तर्राष्ट्रिय अभ्यास र ग्यारेन्टीको शर्त बन्देज पालन गरी भुक्तानी गर्न हेनान प्रान्तस्थित पिपुल्स इन्टरमिडिएट कोर्ट तथा हेनान पिपुल्स उच्च अदालतमा चलेको मुद्दा गत जुलाई २५ मा बैङ्कको पक्षमा फैसला भएको थियो । सोही फैसलाअनुसार बैङ्कबाट मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टीबापतको भुक्तानी रकम अमेरिकन डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार चार सय ५३ बैङ्कलाई फिर्ता आएको बिओकेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?