अभिनेता विपिनविरुद्ध उजुरी

Read Time = 2 mins

काठमाडौं । लोकप्रिय अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजुरी परेको छ । चलचित्र ‘प्रसाद २’ का निर्माता सुवास थापाले अभिनेता विपिनबाट क्षतिपूर्ति भराइदिन काम गर्दै संघमा उजुरी दिनुभएको हो ।

चलचित्र निर्माता संघमा थापाले दिएको उजुरी दर्ता नम्बर ००३/२०७९/०५/०९ रहेको छ । कास्कीमा ‘प्रसाद २’ को छायांकन सुरु भएकै दिन विपिनले सेट छाडेर हिँडेर चलचित्र अलपत्र पारेको भन्दै थापाले क्षतिपूर्ति माग गर्नुभएको छ ।

त्यसयता ‘प्रसाद २’को छायांकन अनिश्चित बनेको छ । विपिन रामबाबु गुरुङको नयाँ चलचित्र ‘फूलबारी’मा व्यस्त हुनुहुन्छ । विपिनले भने थापासँग ‘प्रसाद २’ मा सहकार्य गर्न नसकिने बताइसक्नु भएको छ ।

विपिनले आफूले ‘प्रसाद २’ मा काम नगर्नुमा पारिश्रमिक पाउने निश्चितता नभएको बताउनुभएको थियो । ‘प्रसाद २’को ब्यानरमा सुवास थापा प्रोडक्सन रहे पनि नयाँ निर्माताको रूपमा केशव पाण्डे भित्रिनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?