सन्दीप बिग बासमा बिकेनन्

फाइल तस्बिर

Read Time = 1 min

काठमाडौैं । नेपाली राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) को ड्राफ्टमा अनसोल्ड भएका छन् ।

अस्ट्रेलियन लिगका लागि आइतबार भएको ड्राफ्टमा सन्दीपलाई कुनै टिमले किनेनन् । बिबिएलका आठ टिमले २४ विदेशी खेलाडी अनुबन्धित गरेका छन् ।

यसपटक बीबीएलको ड्राफ्टमा सन्दीपसँगै सुवास खकुरेल पनि परेका थिए । तर, दुवै विक्री हुन सकेनन् ।

सन्दीपले बीबीएलको पछिल्लो चार संस्करण खेलेका थिए । पहिलो दुई सिजन मेलबर्न स्टारबाट खेलेका सन्दीप त्यसपछि होबर्ट हुरिकेन्सबाट खेलेका थिए ।

सन्दीपको कप्तानीमा रहेको नेपाली टिम हाल पाँच टी-२० र तीन एकदिवसीय खेलको लागि केन्या भ्रमणका रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?