‘गडफादर’को सुटिङ नेपालमा

Read Time = 2 mins

काठमाडौं । हिमाली क्षेत्रको सुन्दर दृश्य कैद हुनेगरी चलचित्र ‘गडफादर’को छायाँकन जोमसोम आसपासमा हुने भएको छ । दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खान चलचित्रका मुख्य कलाकार हुनुहुन्छ ।

चलचित्र ‘गडफादर’मा दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीको मुख्य भुमिका रहनेछ भने सलमान खानले उहाँको भाइको भूमिकामा अभिनय गर्नु हुनेछ र नायिका नयनताराको पनि अभिनय रहनेछ । दुवै अभिनेता आगामी सेप्टेम्बरमा सुटिङका लागि नेपाल आउने निर्माणपक्षले जनाएको छ ।

चलचित्रको निर्माण टिमको एक टोली नेपाल आएर उनीहरूले सुटिङ गर्न चाहेको जोमसोम क्षेत्रको अवलोकन गरिसकेका छन् । अवलोकन टिममा भारतीय र दक्षिण भारतीय चलचित्र उद्योगमा संलग्न राजेन्द्र घिमिरेको समेत सहकार्य रहेको थियो । ‘गडफादर’मा लाइन प्रड्युसरका रूपमा संलग्न घिमिरेका अनुसार चिरञ्जीवी र सलमान दुवै नेपाल आउनुहुनेछ । उहाँका अनुसार निर्माण टोलीले जोमसोम एयरपोर्ट क्षेत्र मन पराएपछि नेपालमा सुटिङ हुने पक्का भएको हो । केही दिनअगाडि चिरञ्जीवीको जन्मदिन पारेर ‘गडफादर’को टिजर सार्वजनिक भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?