तीन वर्षको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा

Read Time = 3 mins

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले तीन वर्षको सम्मान तथा पुरस्कार यसै वर्ष प्रदान गर्ने भएको छ । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा २३औं वार्षिक उत्सवको अवसरमा संघले उक्त सम्मान दिने तयारी गरेको हो । तर, सम्मान प्रदान कार्यक्रम भने आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अर्को मितिमा मात्र गर्ने जनाएको छ । बुझिए अनुसार जेठको अन्तिम साता कार्यक्रम गरिनेछ । संघले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।

संघले जारी गरेको विज्ञप्ति अनुसार चलचित्र पत्रकारिता सम्मान पुरस्कार २०७७- शान्तिप्रिय र राजन घिमिरेले, चलचित्र पत्रकारिता पुरस्कार २०७७ दिवाकर मैनाली र आर.डि.शृंखला तथा चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार-रीना मोक्तानले प्राप्त गर्ने हुनुभएको छ ।
यसैगरी चलचित्र पत्रकारिता सम्मान २०७८- सुब्रतराज आचार्य र सन्दीप सापकोटालाई, चलचित्र पत्रकारिता पुरस्कार २०७८-कुमार आचार्य र गीता अधिकारीलाई, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८-मनोज न्यौपानेलाई र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८- रेम विक (कास्की)लाई प्रदान गर्ने संघको निर्णय रहेको छ ।

यस्तै संघले चलचित्र पत्रकारिता सम्मान २०७९ अन्तर्गत राजाराम फुयाँल र लक्ष्मण सुवेदी, चलचित्र पत्रकारिता पुरस्कार २०७९ नेमिष गौतम र विष्णु सुवेदी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ उद्धब रसाइली र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ श्री राम अर्जुन (मकवानपुर)लाई प्रदान गर्ने निर्णय गरेको पनि जानकारी गराएको छ । संघले २०७८ देखि उपत्यका बाहिरका चलचित्र पत्रकारलाई समेत समेट्दै मोफसल चलचित्र पत्रकारिता पुरस्कारको व्यवस्था गर्न सुरु गरेको संघका महासचिव समीर बलामीले जानकारी दिनुभयो ।

बलामीले संघले दिँदै आएको सम्मान तथा पुरस्कारमा विशेषगरी नेपाली चलचित्रको पत्रकारितामा लामो समयदेखि कलम चलाउनु भएका अग्रज पत्रकारदेखि अहिले आउनुभएका युवाहरूलाई समेटिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?