बैतडी । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सुदूरपश्चिमस्तरीय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट १५६ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीले प्रदेशमा १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् । जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार यही भदौ १० देखि १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशका लागि खेलाडी छनोट भएका हुन् ।
क्रिकेट(महिला/पुरुष), तेक्वान्दो(महिला/पुरुष), टेबलटेनिस (महिला/पुरुष), बुद्धिचाल, भारत्तोलन (पुरुष), कराँते, तेक्वान्दो (महिला/पुरुष), भलिबल (महिला/पुरुष), कबड्डी(महिला/पुरुष), एथ्लेटिक्स (महिला/पुरुष), फुटबल, बक्सिङ (पुरुष)लगायतका खेलका खेलाडी छनोट भएका हुन् ।
छनोट प्रतियोगितामा सहभागी हुन खेलाडीका लागि आवेदन आहृवान गरिएको थियो । छनोट प्रतियोगितामा तीन सय २९ खेलाडी सहभागी रहेको जोशीले बताउनुभयो ।
यसैबीच प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता मंगलबारदेखि धनगढीमा सुरु भइसकेको छ भने अन्य प्रदेशस्तरीय छनोट प्रतियोगिता केही दिनमा सञ्चालन हुने बताइएको छ । प्रदेशमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छानिनेछन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने तय भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच