जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

मोरङ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी केराबारी गाउँपालिका-५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७२ चैत ३ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद सजाय ठहर भई फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत मोरङको आदेशले फैसला कार्यान्वयनका लागि मोरङ कारागार कार्यालय चलान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?