कोरियन र लुम्बिनी प्रदेशको सम्बन्ध युगौं युगसम्म रहनेछ : मुख्यमन्त्री केसी

हिमालय टाइम्स
Read Time = 3 mins

चन्द्रकान्त खनाल/हिटा
बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश र कोरियनको सम्बन्ध विगतदेखि रहँदै आएकाले अझै युगौं युगसम्म रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री केसीले रूपन्देहीको कञ्चन गाउँपालिका पिपरीचौतारामा बुद्धिष्ट कल्चर एक्सचेन्ज टेम्पलको शिलान्यास कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री केसीले बौद्ध गुम्बा निर्माणले नेपाल र कोरियनबीचको सांस्कृतिक, आर्थिकरूपमा आदानप्रदान हुने भएकाले बृहत् योजनाले कञ्चनवासीको जीवन परिवर्तनका लागि कोसेढुंगा साबित हुने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारले कञ्चन गाउँपालिकामा बनाउने भनेर पहिलेदेखि नै पहल थालेको बल्ल योजनाले सार्थकता पाएकामा कोरियन टिमलाई प्रदेश सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले बनाउनका लागि धेरै लागेका थियौं, उहाँहरू पनि भांैतारिनुभएको थियो, हामी पनि भौंतारिएका थियौं पछि हामीले कञ्चन गाउँपालिकामै छनोट गर्न तयार भयौं र अब यसले गति लिएको छ । यसलाई सार्थकता दिनुपर्दछ, यसमा सरोकावाला सबै निकाय लाग्नुहोस् ।’

मुख्यमन्त्री कुलप्रसाद केसीले शैक्षिक सिकाइ, धार्मिक सद्भाव, आर्थिक उपार्जन, भाषिक सिकाइलगायतका क्षेत्रमा परिवर्तन गरी कञ्चनवासीको समेत जीवन परिवर्तन हुने बताउनुभयो । कञ्चनवासीको जीवन परिवर्तनसँगै लुम्बिनी प्रदेशमा गौरवका आयोजनाहरूलाई पूर्णता दिई आफ्नो गाउँलाई पर्यटकीय दृष्टिले सबैको आकर्षकणको केन्द्र बनाउनका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा कोरियन टिमका प्रमुख क्वाक नो डालले बुद्धको देश नेपालबाट शान्तिको सन्देश विश्वमा फैलिएकाले आफूहरूले पनि कोरियन बौद्ध धर्मावलम्बीहरूले सहकार्य गर्न चाहेको बताउनुभयो । उहाँले आफूहरूलाई लुम्बिनी प्रदेश सरकारले काम गर्न अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै यस कार्यलाई पूर्णता दिने कार्यमा आफूहरू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?