सूर्य नेपालको नयाँ अगरबत्ती

Read Time = 1 min

काठमाडौं । सूर्य नेपाल प्रालिले नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक प्याकेजिङले सुसज्जित पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा नौ इन्चका ८० वटा ब्राउन रङका सुगन्धित काँटी रहेका छन् भने प्रतिप्याक बिक्री मूल्य एक सय रुपैयाँ रहेको छ ।

अगरबत्तीमा फूलको थप सुगन्ध भएकाले हरेक शुभकार्यमा उपयुक्त हुनुका साथै पूजाको अद्वितीय अनुभव प्राप्त गर्न सकिने कम्पनीको दाबी छ । नयाँ उत्पादनले प्रिमियम अगरबत्ती खोज्ने सम्पूर्ण ग्राहकको मन जित्ने विश्वास कम्पनीले लिएको छ । मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, अर्पण, स्यान्डल, ल्यावेंडर, ज्यास्मिन, त्रिसारा तथा त्रेयालगायतका ब्राण्ड बजारमा उपलब्ध छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?