वर्तमान राजनीतिक अवस्था र आगामी निर्वाचन

डा. डीआर उपाध्याय
Read Time = 12 mins

यतिबेला विभिन्न राजनीतिक दलहरू चुनाव केन्द्रित बनेर भेला बैठक गरिरहेका छन् । अहिले देशभरि नै चुनावकै चर्चा हुन थालेको छ । राजनीतिक दलहरू चुनावी एजेण्डालाई लिएर छलफलमा जुटिरहेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम कस्तो आउने हो अहिले नै यसै भन्न सकिने अवस्था भने छैन । निर्वाचनको परिणाम दिने भनेको जनताले हो । अहिले जनताले के सोचिरहेका छन् बुझ्न सकिएको छैन । आफ्नो पक्षमा निर्वाचनको परिणाम ल्याउन सबै दलहरू लागेकै छन् । स्वतन्त्र उम्मेदवारहरूले जित्ने हुन कि भनेर राजनीतिक दलका नेताहरूमा अत्यधिक छट्पटाहट पनि देखिएको छ ।

दलका नेताहरू चुनाव जित्न जुनसुकै हतकण्डाको अवलम्बन गर्न तयार छन् । सत्ता गठबन्धनले चुनावमा दुई तिहाइ बहुमत ल्याउने दाबी गरिरहेको छ । तर गठबन्धनको राजनीतिक अभ्यासले लोकतन्त्र कमजोर हुने हो कि भन्ने चिन्ता छ । लोकतन्त्रमा हरेक पार्टीले अलगअलग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने हो तर नेपाली कांग्रेस, माओवादी केन्द्र, माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी, जसपा नेपाल किन अलकअलक चुनाव लड्न डराइरहेका छन् ? बरू नेकपा एमाले एक्लै चुनावी मैदानमा खडा हुने तयारीमा छ ।

नेपाली जनताले आफ्नो जीवन उत्सर्ग गरी प्राप्त गरेको लोकतन्त्रको खिल्ली उडाउने काम भइरहेको छ । शहीदहरूका सपना पूरा हुन सकिरहेका छैनन् । सैद्धान्तिक राजनीतिलाई तिलाञ्जलि दिने काम भइरहेको छ । नेताहरू व्यक्तिगत सम्पत्ति जोड्ने होडबाजीमा छन् ।

उसले गठबन्धनलाई ठाडै चुनौती दिँदै आइरहेको छ । चुनावी परिणामले के देखाउने हो त्यो त पछि नै थाहा होला । नेपालमा केही वर्षअघिदेखि गठबन्धनको राजनीतिले जनतालाई अलमल्याइरहेको छ । अब जनता अलमलमा पर्ने अवस्थामा छैनन् । आगामी चुनावमा जनताले आफैँ विवेक प्रयोग गर्नेवाला छन् । तालमेलको राजनीतिले मुलुकलाई निकास दिन सक्दैन । यो त केवल चुनाव जितेर मिलिजुली खाने खेल हो । यो अभ्यासको विकृत रूपलाई जनताले समयमै चिन्नुपर्छ । पार्टीको नीति, विचार, सिद्धान्तविपरीत दलबीचको गठबन्धनले मुलुकलाई के निकास दिन्छ ? यस प्रकारका गठबन्धनले मुलुकलाई बर्वाद गर्ने र मुलुकको विकासलाई पछाडि धकेल्ने खेल हो । आस्था र सिद्धान्तको राजनीति हराउँदै गएको छ ।

नेपाली जनताले आफ्नो जीवन उत्सर्ग गरी प्राप्त गरेको लोकतन्त्रको खिल्ली उडाउने काम भइरहेको छ । शहीदहरूका सपना पूरा हुन सकिरहेका छैनन् । हामीले देखिरहेका छौँ, आज सैद्धान्तिक राजनीतिलाई तिलाञ्जलि दिने काम भइरहेको छ । नेताहरू व्यक्तिगत सम्पत्ति जोड्ने होडबाजीमा छन् । यसरी देशको प्रगति हुने अवस्था देखिँदैन । नेपालको राजनीतिमा गलत र भ्रष्ट पात्रहरू हावी हुँदै छन् ।

यिनीहरूलाई आगामी चुनावबाट रोक्नु पर्छ । गठबन्धनमा भएका दलहरू सिद्धान्तविपरीत हिँडिरहेका छन् । उनीहरू कहाँ पुग्ने हुन कुनै ठेगान छैन । गन्तव्यविनाको यात्रा अधुरो हुन्छ । नेपालको लोकतन्त्र र राजनीतिक प्रणाली नै अस्तव्यस्त हुने हो कि भन्ने चिन्ता सबैतिर छ । गठबन्धनको यो कस्तो प्रपञ्च हो बुझिसक्नु छैन । सिद्धान्त नै नमिल्ने दलबीच गठबन्धन छ । यसले मुलुकको भविष्य कसरी निर्माण गर्छ । निर्वाचनमा मत माग्न जाँदा साम्यवादी र लोकतन्त्रवादीको साझा एजेण्डा कसरी बन्ने होला ? विषय गम्भीर बनेको छ । यसले देशको राजनीतिलाई विकृत अवस्थामा पुर्‍याइराखेको छ । २०४८ सालको निर्वाचनमा बहुमतमा रहेको नेकाको सरकार पूरै समय टिक्न सकेन । त्यसपछि मध्यावधि निर्वाचन भयो । मध्यावधि निर्वाचनमा कांग्रेसले बहुमत गुमाउन पुग्यो । राजनीतिक विकृति त्यही बिन्दुबाट प्रारम्भ भएको हो ।

२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन गरेर चुनाव लडे । स्थानीय चुनावमा आफना सिट सुरक्षित गरेर कांग्रेसलाई धोका दिँदै प्रचण्ड एमालेसँग मिल्न गए । एमाले र माओवादीले संसदीय निर्वाचनमा वाम तालमेल र चुनावपछि पार्टी एकता गरे । चुनावमा दुई तिहाइ बहुमत ल्याए र सरकार पनि बनाए तर त्यो बहुमतको सरकार पूरै अवधि टिक्न सकेन । प्रचण्ड र माधव नेकासँग गठबन्धन गर्न पुगे । यो सबै सत्ता स्वार्थको राजनीति हो । यी सबै हर्कतमा देशको भविष्य अन्योलमा छ । समृद्धिको सपना अधुरै छ । यस प्रकारको राजनीतिक संस्कारको विकास भएको छ । यो विकृतिले देश र लोकतन्त्रलाई अघि बढ्न दिँदैन । आज नेताहरू राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा लिने अवस्थामा पुगेका छन् । एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्दा जित्न नसकिने अवस्था देखेर प्रचण्ड, माधव, उपेन्द्रलगायत नेताहरू गठबन्धनको सहारा लिन पुगेका हुन् । राजनीतिक दलहरूका शीर्ष नेताहरू नै चुनाव हारिन्छ कि भन्ने डरमा छन् ।

सबैभन्दा सुरक्षित देखिएका प्रधानमन्त्री देउवालाई उनकै समर्थक कर्ण मल्लले चुनौती दिएका छन् । ओली, प्रचण्ड, माधव, झलनाथलगायत शीर्ष नेताहरूको सुरक्षित क्षेत्र देखिँदैन । नेपाली जनताको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको छ । जनताको वास्ता कुनै दलले गरेका छैनन् । जनतामा निराशामात्र बढ्दै गएको छ । राजनीतिका नाममा कमाउनेले कमाइरहेका छन्, रमाउने रमाइरहेका छन् । व्यवस्था परिवर्तन गर्न जनताको बलिदानीको कुनै कदर र सम्मान छैन । जुनसुकै राजनीतिक परिवर्तनमा राजनीतिक दलहरूलाई नेपाली जनताले पूर्णरूपमा साथ दिँदै आएका छन् ।

तर, दलहरूले जनतामाथि पटकपटक घात गर्दै आइरहेका छन् । यसभन्दा लाज लाग्ने कुरा अरू के हुन्छ ? हरेक राजनीतिक परिवर्तनमा जनताको साथ र सहभागिता रहँदैआएको कुरा कसैले भुल्नु हुँदैन । नेपाली जनताले साथ र सहयोग नगरेको भए राजनीतिक परिवर्तन सम्भव थिएन । यो कुरा सत्य हो । २००७ साल, २०४६ साल, २०६२/०६३ को जनआन्दोलनमा जनताको सहभागिता रहृयो । त्यही भएर परिवर्तन सम्भव भयो ।

नेपाली जनताले दल र तिनका नेतालाई पूर्णसहयोग नगरेको भए कुनै परिवर्तन हुँदैनथ्यो । दलहरूले यो कुरा बुझ्नु जरुरी छ । जनताको साथ पाएरै राजनीतिक व्यवस्था परिवर्तन भएको हो । आज आएर शासक धेरै स्वार्थी, भ्रष्ट र अवसरवादी भएका छन् ।

यदि, नेपाली जनताले दल र तिनका नेतालाई पूर्णसहयोग नगरेको भए यहाँ कुनै परिवर्तन हँुदैनथ्यो । दलहरूले यो कुरा बुझ्नु जरुरी छ । जनताको साथ पाएरै राजनीतिक व्यवस्था परिवर्तन भएको हो । आज आएर शासक धेरै स्वार्थी, भ्रष्ट र अवसरवादी भएका छन् । व्यवस्था परिवर्तनबाट जनताले के पाए ? जनताले प्रश्न गर्दै छन् । निष्ठाको राजनीति हराउँदै गएको छ । राजनीतिक दल र तिनका नेताहरूलाई देश र आमजनताको कुनै वास्ता छैन । नेताहरूमा अकुत सम्पत्ति कमाउने र रातारात धनी हुने होडबाजीमात्र चलेको छ । यसरी हुँदैन भन्ने कुरा हो । अहिलेसम्म जनताका समस्याप्रति कुनै दल संवेदनशील बन्न सकेनन् । उनीहरूलाई जनताका तमाम खाले समस्यासँग कुनै सरोकार छैन । दलहरू सत्तामा गएर जसरी हुन्छ लुटतन्त्र मच्चाउनेमै केन्द्रित छन् ।

आज महँगी दोब्बरले वृद्धि भएको छ, आर्थिक परिसूचक सबै नकारात्मक अवस्थामा छन् । विदेशी मुद्राको सञ्चिती सन्तोषजनक अवस्थामा छैन । वैदेशिक सहायता घट्दो छ । जताततै विकृति नै विकृति बढ्दो छ । जनतालाई सबैभन्दा बढी आवश्यक पर्ने स्वास्थ्य र शिक्षा बिचौलियाको पूर्ण नियन्त्रणमा छ । अहिलेकै दलहरू फेरि पनि चुनाव जितेर शासन सत्तामा आए भने हाम्रो भविष्य बर्वाद हुने निश्चित छ । त्यसैले जनता अब चनाखो र संवेदनशील बन्नुपर्ने देखिएको छ । राजनीतिका नाममा ठगी गरिरहेका जोसुकैलाई अब जनताले एक-एक प्रश्न गर्नुपर्ने भएको छ । जनता अब पार्टीका पछि लाग्ने होइन, आफ्नो विवेक प्रयोग गरेर राम्रा उम्मेदवार छान्न सक्नुपर्छ । नत्र, आगामी पाँच वर्ष पछुताउनुपर्ने अवस्था आउन सक्छ । अहिलेका अधिकांश दल र नेता करिब असफल भइसकेका छन् । गलत नेतालाई जनताले भोट दिएर कुनै हालतमा पनि जिताउनु हुँदैन । राजनीतिलाई पैसा कमाउने व्यवसाय बनाइएको छ । यो राम्रो संकेत होइन । अब दलहरू सच्चिन सकेनन् भने चुनावमार्फत जनताले उनीहरूलाई पाखा लगाउनुपर्छ । अरू कुनै विकल्प छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?