खानाका लागि खेतीपाती गर्न ध्यानाकर्षण

Read Time = 3 mins

काठमाडौं । खाद्यका लागि कृषि अभियान र सम्बद्ध संघसंस्थाले सम्पूर्ण स्थानीय सरकारलाई खानाका लागि खेतीपाती गर्न ध्यानाकर्षण गराएका छन् । ४२ औं खाद्य दिवस नजिकिँदै गर्दा अभियानले स्थानीय तहलाई खाना, खेतीपाती र जनस्वास्थ्यका सवालहरूमा ध्यानाकर्षण गराएको हो । अभियानले ध्यानाकर्षण पत्रमा मानिसमात्रका कारण प्रकृतिमा व्यापक फेरबदल आएको र बहुसंख्यक जीवनयापनका आयाममा संकट थप्दै लगेको जनाएको छ ।

वर्षेनी बढिरहेको खाद्यान्न आयात, जथाभावी प्रयोग गरिएको कृत्रिम रसायन र घातक विषादी, निर्जीव हुँदै गइरहेको माटो, नेपालको प्रमुख कृषि उत्पादन र जनस्वास्थ्यका संकटको सूचक भएकाले समग्र खेती प्रणाली र खाद्य प्रणाली दिगो बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको अभियानको भनाइ छ । अधियानले किसानको आलीदेखि चुलोसम्म देखेको स्थानीय सरकारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर आफ्नो क्षेत्रको बाली, आली र थाली सपार्न ध्यानाकर्षण गराइएको हो ।

४२ औं विश्व खाद्य दिवसका अवसरमा अन्तर्राष्ट्रियरूपमै कार्यक्रम हुँदै आइरहेका छन् । हरेक वर्ष अक्टोबर १६ मा मनाइने खाद्य दिवस यस वर्ष पनि ‘उत्पादन, पोषण र वातावरणमा सुधार : सुखी जीवनको आधार’ भन्ने नारासहित मनाइँदै छ । अभियानमा आबद्ध संस्थाले खाद्य दिवसको अवसर पारेर संघ, प्रदेश र स्थानीय तहमा र्‍याली, गोष्ठी र रैथाने साँझ सञ्चालन गर्ने भएका छन् । तीनै तहमा कृषि, खाना, र खेतीपातीसँग सम्बन्धित रहेर कार्यक्रम आयोजना गरिने बताइएको छ । अभियानले ध्यानाकर्षण पत्रमार्फत् सम्पूर्ण स्थानीय तहलाई ४२ औं विश्व खाद्य दिवसका अवसरमा गरिने कार्यक्रममा सहभागी हुन आहृवानसमेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?