देशको विकासमा नेपाल प्रहरी

Read Time = 11 mins

✍️ सुदर्शन अधिकारी

हरेक वर्ष असोज ३१ गते नेपाल प्रहरीले भव्यताका साथ स्थापना दिवस मनाउने गरेको छ । यसै सन्दर्भका प्रहरीको योगदानको चर्चा गर्दै यो लेख तयार गरिएको छ । नेपाल प्रहरीको स्थापनाकालदेखि नै राष्ट्र र जनताका लागि हरेक तवरबाट खट्दै आएको गौरवमय इतिहास रहेको छ । मूलतः देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने काम भए पनि नेपाल प्रहरीले त्यसबाहेक देशको सीमा सुरक्षा, चेलीबेटी बेचविखन रोकथाम, लागूपदार्थको कारोबारको रोकथामलगायत कार्य गर्ने दायित्व रहेको छ ।

देशमा प्राकृतिक विपत्ति हुँदा जस्तै बाढी, पहिरो, भूकम्प, आगलागी लगायतका समयमा अहोरात्र पहिलो प्राथमिकतामा नेपाल प्रहरी नै खट्ने गरेको छ । हरेक गाउँगाउँमा आमनागरिकका साथमा रहेर नेपाल प्रहरीले सुरक्षाको प्रत्याभूति गराउँदै आएको छ । राष्ट्रको विकासका सन्दर्भमा पनि तल्लीन रहेर कार्य सम्पादन गर्दै आइरहेको छ । आफ्नो घरपरिवार सबै छाडेर देशर जनताको सेवामा खटिने प्रहरी वास्तविक रूपमा देशको सच्चा पहरेदार हुन् ।

टोलमा होहल्ला गर्ने, चोरी लुटपाटका घटनालाई हुन नदिने काममा दिनरात खट्ने प्रहरी विकासको आधार हो । हरेक विकासका लागि पहिलो शर्त भनेकै शान्ति सुरक्षा हुन आउँछ । आर्थिक शैक्षिक, सामाजिक, सांस्कृतिक विकासमा पहिलो शर्त शान्ति सुरक्षा नै हो ।

प्रहरीको मूलकार्य देशमा शान्ति सुरक्षाका लागि कार्य गर्ने हो, त्यसबाहेक विविध समस्याका बारेमा जनहित कार्यको पक्षमा लाग्ने हो । नागरिकका लागि सर्वत्र हामी सुरक्षित छौं भन्ने वातावरणको सिर्जना गर्नुपर्छ । देशभरका टोल-टोलमा नागरिकका लागि सुरक्षार्थ गस्ती गरी हामी सुरक्षित छौ, कुनै चिन्ता छैन भन्ने प्रत्याभूति आमनागरिकमा गराउने कार्य नेपाल प्रहरीबाट हुँदै आएको छ । टोलमा होहल्ला गर्ने, चोरी लुटपाटका घटनालाई हुन नदिने काममा दिनरात खट्ने प्रहरी विकासको आधार हो । हरेक विकासका लागि पहिलो शर्त भनेकै शान्ति सुरक्षा हुन आउँछ । आर्थिक शैक्षिक, सामाजिक, सांस्कृतिक विकासमा पहिलो शर्त शान्ति सुरक्षा नै हो ।

नेपाल प्रहरीको काम, कर्तव्य र अधिकार निम्न छन् :
- मुलुकमा शान्ति सुरक्षा कायम गर्ने ।
- सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने ।
- महिला तथा बालबालिकासँग पूरा इज्जत र नम्रतासाथ व्यवहार गर्ने ।
- मानवअधिकारको संरक्षण सम्बद्र्धन गर्ने, गराउने ।
- सामाजिक सद्भाव बिथोल्ने, सुरक्षा प्रतिकूल, गैरकानुनी एवं गम्भीर आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने ।
- नेपाल सरकारको आदेश र निर्देशनको पालना गर्ने ।
- शान्ति र व्यवस्थालाई असर पार्नेखालको खबर संकलन गर्ने र माथिल्लो अधिकारीलाई जानकारी गराउने ।

यिनै कर्यले गर्दा नेपाल प्रहरी अहोरात्र जनतासँग नै रहने गरेको छ । देशमा प्राकृतिक विपत्ति, दैवीप्रकोप जस्ता जटिल अवस्थामा प्रहरीहरूको सहयोग, उद्धार, प्राथमिक उपचारलगायत कार्यहरूले आमनागरिकले ठूलो राहतको अनुभूति गराउन सफल देखिएकाले प्रहरीको मानवीयता खटाई, सेवाले सबै नागरिक प्रशन्न भएका हुन्छन् । जुनसुकै विपद्को समयमा नागरिकका सामु पहिले पुगेर निःस्वार्थ सेवाले मन जितेको अवस्था रहेको छ । भूकम्प, बाढीपहिरो, आगलागी, रोगको संक्रमणको समयमा हरतरहले नागरिकको सेवामा दिएको योगदान प्रशंसनीय रहेको छ ।

त्यसैगरी नागरिकको स्वास्थ्य सेवामा पनि उत्तिकै तवरले सेवा गरेको देखिन्छ । प्रहरी अस्पतालमार्फत प्रहरीलगायत आमनागरिकको स्वास्थ्य सेवामा जुट्ने गरेको छ । विभिन्न अवसर पारेर स्वास्थ्य शिविर सञ्चालन गरेर स्वास्थ्य सेवा दिइरहेको हुनाले प्रहरीको जनसेवाको कार्य आजसम्म अब्बल नै रहेको छ ।

देशभित्र मात्र नभएर आन्तरिक वा बाहृय कलहभएको देशहरूमा पनि आफ्नो क्षमता प्रदर्शन गरेर शान्ति स्थापना गराई नेपाल प्रहरीले आफ्नो शीर उच्च बनाएको छ । जुन देशमा हिंसाग्रस्त रहेको छ त्यस स्थानमा आफ्नो कौशलता प्रदर्शन गरेर शान्ति स्थापना गरेर नेपाल प्रहरीको नाम स्वर्ण अक्षरले लेखाउन सफल र अब्बल भएको छ । हरेक कलहले युक्त देशमा सफलतापूर्वक शान्ति स्थापना गरी विश्वमा नै अब्बल सावित गराउन सफल रहेको गौरबमय इतिहास निर्माण भएको छ । त्यतिमात्र नभएर प्रहरीले साहित्यको सेवासमेत गरिरहेको छ । विसं २०१६ सालदेखि निरन्तर प्रहरी द्वैमासिक पत्रिका प्रकाशनगरी साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिइरहेको छ । वर्षभरी प्रकाशित रचनाहरूमध्ये उत्कृष्टलाई प्रहरी दिवसको उपलक्ष्यमा पुरस्कृत गर्ने गरेको छ । जसले साहित्यको विकासमा टेवा दिएको छ ।

नेपाल प्रहरीले देशको नागरिकको सुरक्षा, सीमा सुरक्षा, धनजनको सुरक्षा, लागूपदार्थको ओसारपसार नियन्त्रण, चेलिबेटी बेचविखन नियन्त्रण, दुव्यसनलाई नियन्त्रणजस्ता कार्यमा नेपाल प्रहरीको योगदान विशेष तथा महत्वपूर्ण रहेको छ । पछिल्लो समय ज्यादै नै चर्चित बनेको सामाजिक सञ्जालले मनोरञ्जनका साथै अनेकौ समस्या पनि आएका छन्, जसलाई साइबर अपराध भनिन्छ । सामाजिक सञ्जालबाट आपराधिक कार्य हुने गरेका छन् । अपहरण गरी रकमको माग गर्ने तथा व्यक्तिको चरित्रहत्या गर्ने, गाली बेज्जती गरी अनेकौ गैरकानुनी कार्यसमेत हुने गरेका छन् । यस्ता सबै कार्यको नियन्त्रण गरी समाजमा अमनचयन कायम राख्ने काम पनि प्रहरीले गर्दै आएको छ । यसअन्तर्गत कम्प्युटर स्रोतको चोरी, नष्ट वा परिमार्जन गर्ने, कम्प्युटर सामग्रीमा अनाधिकृत पहुँच प्राप्त गर्नेलाई पनि कानुनी कटघरामा ल्याएको छ । त्यस्तै कम्प्युटर र सूचना प्रणालीमा क्षति पुराउने, गोपनीयता भग गर्ने, झुटो व्यहोराको सूचना दिने, कम्प्युटर जालसाजी गर्ने जस्ता अनेकौ आपराधिक कार्यको नियन्त्रण गर्ने काम गरी समाजलाई शान्तिमय बनाउन हरपल सक्रिय रहँदै आएका छन् ।

पछिल्लो समय ज्यादै नै चर्चित बनेको सामाजिक सञ्जालले मनोरञ्जनका साथै अनेकौ समस्या पनि आएका छन्, जसलाई साइबर अपराध भनिन्छ । सामाजिक सञ्जालबाट आपराधिक कार्य हुने गरेका छन् ।

यसैगरी समाजको कलकको रूपमा रहेको लागूपदार्थको प्रयोगले हुने अनेकौ समस्या समाधानमा सहयोग गर्दै आएको छ । यसको प्रयोगले व्यक्तिगत जीवन, पारिवारिक जीवन, सामाजिक जीवन, आर्थिक जीवन, सामाजिक प्रतिष्ठा र मानमर्यादा समेत हट्छ । यस्तो असरकारी समस्यालाई नेपाल प्रहरीले हरतरहले समाधान गर्दै आएको छ । त्यसैगरी यौनजन्य र अभद्र व्यवहारविरुद्ध पनि प्रहरीले प्रभावकारी कदम चाल्दै आएको छ । हातपात तथा बेइजत गर्ने, मानसिक यातना दिने, धम्क्याउने लिंगको आधारमा भेभाव गर्ने, मजाकको पात्र बनाउने जस्ता कार्यको विरुद्ध सदा नेपाल प्रहरी एकचित्त भएर काम गरिरहेको छ । बलात्कार तथा यौनजन्य कार्य हुन नदिन प्रहरीले अनेकौ कार्यहरू सम्पादन गर्दै आइरहेको छ । बाल यौनदूराचार विरुद्ध पनि प्रभावकारी कदम चाल्दै आएको छ ।

बालबालिकालाई अश्लील पत्रपत्रिका, तस्वीर, चलचित्रमा प्रयोग गर्नु, त्यस्ता कुराहरू देखाउनु वा सिकाउनु तथा यौन आनन्दका लागि गुप्तागमा छुनु, घर्षण गर्नु वा चुम्बन गर्नु जस्ता कार्यहरू पर्छन् । समाजमा रहेका अनेकौ समस्याको बारेमा जनचेतना वृद्धि गरी नागरिकलाई सचेत बनाउने कार्यमा पनि त्यत्तिकै सक्रिय रहने नेपाल प्रहरीको योगदान अतुलनीय रहेको छ । नेपाल प्रहरीको स्थापना दिवसको उपलक्ष्यमा शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?