पोखरीमा डुबेर एकको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । उदयपुरमा पोखरीमा डुबेर एकको ज्यान गएको छ । त्रियुगा नगरपालिका-६ जलजलेस्थित रानी पोखरीमा डुबेर त्रियुगा नगरपालिका-५ श्रीपुरकी ६० वर्षीया दैया परियारको ज्यान गएको हो ।

गाईबस्तु चराएर घर फर्काउने बेला हात खुट्टा धुन पोखरी छेउमा पसेकी उनी त्यहीँ डुबेर ज्यान गएको अवस्थामा अन्य गोठालाले फेला पारेका थिए ।

गाईबस्तु चराएर फर्काउने क्रममा डुबेर गम्भीर घाइते भएकी परियारको इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालयबाट खटेको टोली उद्धार गरी बाहिर ल्याउदा ज्यान गइसकेको थियो ।

मृतकको शब उदयपुर अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेशकुमार पोदारले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?