कास्की र सुर्खेतबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कास्की र सुर्खेतबाट अवैध लागूऔषसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका-३२ बडहरेबाट १ केजी ९ सय ग्राम गाँजासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दान बहादुर भुजेल र २० वर्षीय अरुण सुनार रहेका छन् ।

प्रहरी चौकी जनताको चौताराबाट खटिएको प्रहरीले भुजेलकै घरमा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सुर्खेतको भेरीगंगा नगरपालिका-१२ बाट ३ ग्राम ५५ मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बहराईज नानपरा घर भई बिरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन बस्ने २६ वर्षीय लियाकत अलीले छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको बा.५ च ३७७२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?