समाजलाई एकताबद्ध गर्न खेलकुदको भूमिका महत्वपूर्णः पूर्वसभामुख घर्ती

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले समाजलाई एकताबद्ध गर्न खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताउनु भएकाे छ ।

कागेश्वरी मनोहरा-९ हात्ती डाँडामा शुक्रबार बिहान ‘स्वर्गीय चुडामणि गिरी तथा जुनुकुमारी गिरी स्मृति ब्याटमिन्टन प्रतियोगिता’ उद्घाटन गर्दै घर्तीले खेलकुदले मानिसलाई स्वस्थ, निरोगी र अनुशासित बनाउने उल्लेख गर्नुभयाे ।

सत्ता गठबन्धनबाट काठमाडौं-२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनु भएकी उहाँले समाजलाई एकताबद्ध गर्न पनि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?