सिटिजन्सको लाभांश पारित

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंकको सात प्रतिशत लाभांश पारित भएको छ । बैंकको १५ औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । आर्थिक वर्ष २०७८/०७९ को वितरणयोग्य मुनाफाबाट २०७९ असारको चुक्ता पुँजी १४ अर्ब २० करोड ९७ हजार चार हजार छ रुपैयाँको नौ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ८० लाख ८७ हजार छ सय ६१ रुपैयाँँ बराबरको नगद लाभांश प्रस्ताव पारित गरेको हो ।

साथै साधारणसभाले साबिक सिर्जना फाइनान्सलाई प्राप्तिपछि साबिक पुँजी संरचना ५१ः४९ परवर्तन भई कायम भएको पुँजी संरचना ५१.०७ः४८.९३ (संस्थापक सेयरधनीले धारण गरेको जम्मा सेयर, साधारण सेयरधनीले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संशोधन प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?