गोदावरी पुष्प मेलामा आकर्षण

Read Time = 2 mins

काठमाडौं । रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ बिहीबारदेखि ललितपुरको जावलाखेल खेलमैदानमा सुरु भएको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

मेला आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का महासचिव विश्वमणि पोखरेलका अनुसार मेलाको तेस्रो दिन शनिबार १५ हजार पाँच सयले अवलोकन गरेका छन् भने २७ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

पहिलो दिन आठ हजार सात सयले मेला अवलोकन र १५ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो भने दोस्रो दिन शुक्रबार १० हजार बढीले अवलोकन गरेका थिए भने २१ लाख ७५ हजारको कारोबार भएको थियो । तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी आयोजना गरिएको हो ।

फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यअनुरूप मेला आयोजना गरिएको मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी ५५ स्टल रहेको आयोजकले जनाएको छ । तिहारमा २० लाख सयपत्री, मखमली तीन लाख र गोदावरीको २५ हजारसम्म माला खपत हुने फ्यानको अनुमान छ । मेला आइतबारसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?