कवयित्री वीणाश्री खरेल प्रधानको निधन

हिमालय टाइम्स
Read Time = 1 min

सिलगढी । कवयित्री वीणाश्री खरेल प्रधानको निधन भएको छ । उहाँको ६६ वर्षको उमेरमा शुक्रबार सिलगढीको मतिगढास्थित निओटिआ नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो । उहाँ बिहीबारमात्र सो नर्सिङ होममा उपचारका लागि भर्ना हुनुभएको थियो ।

आफ्ना कवितामार्फत् नेपाली साहित्यमा छुट्टै स्थान बनाउनुभएकी सिक्किम देउराली निवासी खरेल केही समययता बिरामी हुनुहुन्थ्यो । उहाँका दुई छोरा, बुहारी र नातिनातिनी रहेका छन् ।

४ मे १९५६ मा जन्मिनुभएकी खरेलका ‘प्रश्नचिन्ह’, ‘मेरो बकपत्र’, ‘मनको संघार’, ‘शेष अवशेष’, ‘महक रजनीगन्धको’ जस्ता कविता कृति र ‘केही पल केही क्षण’ संस्मरण कृति, ‘विमुखता’ अनूदित कथासंग्रह प्रकाशित छन् । उहाँ नेपाल र भारतका थुप्रै संघसंस्थाबाट सम्मानित हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?