कांग्रेस धादिङका नेता पाख्रीनको अभिव्यक्तिले धादिङमा नयाँ तरङ्ग उत्पन्न

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 8 mins

धादिङ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा धादिङमा नयाँ तरङ्ग उत्पन्न भएको छ । टिकट वितरण प्रक्रियामा काँग्रेसका केन्द्रिय नेताहरुले मनोमानी ढंगले वितरण गरेको भन्दै काँग्रेस धादिङमा तरङ्ग उत्पन्न भएको हो ।

यस्तै केही दिन अगाडि नेपाली कांग्रेस धादिङका नेता दिलमान पाख्रीनले एक कार्यक्रममा दिएको अभिव्यक्तिले झन् धादिङको राजनीतिक उथलपुथल भएको छ । कात्तिक २० गते सोमवार दामन पाख्रिन स्मृति दिवसमा किन्ताङफेदीमा भएको कार्यक्रममा भाषण गर्दै नेता पाख्रीनले अहिले आफु केन्द्रिय नेताहरुको निर्णयको पर्खाइमा बसिरहेको र आफ्नो पक्षमा सकारात्मक निर्णय नभए मंसिर ४ गतेको मत परिणाम नै उल्टाई दिने अभिव्यक्ति दिनुचएकाे थियाे ।

दिलमानले भन्नुभयाे- ‘केन्द्रका नेताहरुले के गर्दा रहेछन् भन्ने कुराको म पर्खाइमा छु । समय भित्रै केही गर्न सक्नुभएन भने मंसिर ४ गते हुँदै गरेको निर्वाचन कस्को पक्षमा जान्छ, भन्ने कुरा त्यतिबेला मात्रै थाहा पाउनुहुनेछ, । ’धादिङ जिल्लाको २ नम्बर क्षेत्रका गठबन्धन र कांग्रेसलाई जिताउन के गर्ने भन्ने कुरा नेतृत्वले विवेक पुर्‍याउनु भएन, समयमै मिलाउन सक्नुभएन भने मंसिर ४ गतेको मतदानको परिणामले त्यतिखेर के बोल्छ, त्यही हुन्छ । मैले यति भनेपछि तपाईहरु सबैले कुरा बुझ्नु भयो होला उहाँले भन्नुभयाे ।

दिलमानको कठोर अभिब्यक्तिले धादिङमा सत्ता गठबन्धन र नेकपा एमालेका नेता कार्यकर्तामा पनि दिलमानको निर्णय कस्तो, आउला भनी प्रखाईमा बसेका छन् । यो अभिव्यक्तिलाई आँकलन गर्ने हो भने, र केन्द्रिय नेताहरुले नबुज्ने हो, भने धादिङ क्षेत्र नम्बर २ मा गठबन्धन र कांग्रेसका उम्मेदवार नराम्रो नतिजा व्यहोर्न बाध्य हुनेछन् ।

एक पटक मन्त्री समेत भइसकेका दिलमान पाख्रिन धादिङको उत्तरी क्षेत्रका मतदाता माझ प्रभावशाली नेताको रुपमा चर्चित हुनुहुन्छ । आसन्न चुनावको टिकट बितरण प्रक्रियामा केन्द्रको नेतृत्वले पनि धादिङको भुगोल अनुसार, जनता रोजाई अनुसारको उम्मेद्वार छनोट गर्न नसकेको उहाँको भनाई छ । नेपाली काग्रेस पार्टीमा आफ्नो तिन पुस्ताको लगानी रहेको भन्दै उहाँले नेतृत्वले समयमा नै सोचेर बुद्धि पुर्‍याएर टिकट बितरणमा अन्याए भएको रहेछ भनेर नसच्चिएमा त्यसको हिसाव किताव हुने बताउनु भयाे । उहाँले नेताहरुको आफुहरु खेलौना मात्र नभएको भन्दै नेपाली कांग्रेस प्रति माया स्नेह रहेको समेत बताउनुभयाे ।

उहाँले आफ्नो बोली दिलमान पाख्रिनको मात्र नभई सिङगो धाादिङको उत्तरी क्षेत्र रहेको समेत बताउनु भयाे । आदिबासी जनजातीहरुकोे ढुकढुकी बन्न आफु सफल भएको भन्दै सवैलाई नडराउन नआत्तिन समेत उहाँले आग्रह गर्नुभयाे । कांग्रेस केन्द्रिय सदस्य समेत रहेका नेता पाख्रिनले धादिङ-२ मा थोरै मतले पराजित हुनुभएकाे थियाे । अहिले पार्टीकै उम्मेदवारको विपक्षमा उभिन सक्ने अभिव्यक्ति आएपछि जिल्ला र केन्द्रका कांग्रेस नेताहरुको ढुकढुकी मज्जैले बढेको छ । ‘पाख्रिनको अन्तरघातले एक त गठबन्धनका साझा उम्मेदर कांग्रेसका रामनाथ अधिकारीलाई घाटा हुनेछ र अर्कोतिर नेकपा एमालेका उम्मेदवारलाई फाइदा हुन सक्छ । त्यहि अन्तरघातको मत अधिकारीको लागि तगारो बन्नेछ, निर्वाचन हार्न सक्छन् र त्यसको मौका लोहनीले उठान सक्नेछन्’, धादिङका आम नेता कार्यकर्तामा सोमबारदेखि फैलिएको तरंग यहि हो ।

एक त दिलमान कांग्रेसभित्र प्रधानमन्त्री शेर बहादुर देउवाकै टिमको नेता हुनुहुन्छ । उहाँले त्यहि टिमबाट केन्द्रिय सदस्य जित्नुभएकाे थियाे । अघिल्लो पटक झिनो मतले पराजित भएका दिलमान यो पटक पनि आफैले टिकट पाउने विश्वासमा हुनुहुन्थ्याे । शेखर समूहमा रहेका जिल्ला सभापति रामनाथ अधिकारीले टिकट पाएपछि पाख्रिन केन्द्रिय समितिप्रति रुष्ट बन्नुभएकाे थियाे ।

नेवि संघ धादिङका पूर्व सचिव एवं उत्तरी क्षेत्रका प्रभावशाली युवा नेता डेविट घले, नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्ष सीतामाया चोदेन लगायतले पनि दिलमानको पक्षमा खुलेरै अभिव्यक्ति दिएपछि झनै धादिङ-२ मा कांग्रेसको माहोल बिग्रिन सक्ने देखिएको छ । नेपाली कांग्रेस नेपालको सबै भन्दा ठूलो समाजवादी-लोकतान्त्रीक राजनीतिक दल हो । यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसको एकिकरणबाट भएको थियो । सदस्यताका आधारमा लगभग १० लाख क्रियाशील सदस्यसहित नेपाली काँग्रेस देशको सबै भन्दा ठूलो पार्टी हो । हाल यो प्रतिनिधि सभा र राष्ट्रिय सभाको प्रमुख दलसमेत हो । नेपाली कांग्रेसका प्रधानमन्त्रीहरूले राणा शासनको अन्त्य पछि र आम निर्वाचन २०१५ मा, नेपालको पहिलो प्रजातान्त्रिक तवरले निर्वाचित सरकार लगायत पञ्चायत युगको सुरुवातका बीच चारवटा सरकारको नेतृत्व गरेका थिए । नेपाली कांग्रेस बहुमत प्राप्त गर्न सफल एक मात्र नेपाली दल हो जसले ३ चुनावमा बहुमत ल्याएको छ । यसैगरी २ चुनाव बाट यो पहिलो दल बन्न सफल भएको इतिहास छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?