नवलपरासी । लागूऔषध दुर्व्यसनी राष्ट्रको ठुलो समस्या भएको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले बताउनु भएको छ । बर्दघाट नगरपालिका र नार्कोनन् नेपालको संस्थाको संयुक्त पहलमा जिल्लामा विकराल समस्याको रुपमा देखिएको लागुऔषध दुर्व्यसनी सम्वन्धी समस्या समाधानमा लाग्नु पर्ने बताउनु भयो ।
युवा जनशक्ती लागु औषध दुर्व्यसनीमा फस्नु राज्यको जनशक्ती खेरजानु सरह भएकाले दक्ष जनशक्तिको उचित व्यस्थापन गर्नुपर्नेमा उहाँको जोड छ ।
पश्चिम् नवलपरासीमा खुला सिमाका कारण प्रहरी प्रशासनलाईसमेत छलेर लागुऔषध सहजै रुपमा भित्रने गरेको छ । यसमा बालबालिकालाई समेत प्रयोग गरीदै आएको पाईन्छ । सम्बन्धित निकाय र स्थानिय तहहरुले यो समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न नसकिरहेको अवस्थामा चौधरीले सक्रियता देखाउनु भएको छ ।
बिद्यालय तहदेखि नै बिधार्थीहरु कुलतमा फस्दा यो समस्या दैनिक रुपमा बिकराल बन्दै गएको छ । यस क्षेत्रका ठुलो संख्यामा युवा पुस्ता नै लागुऔषधको दलदलमा फस्दा यसको नियन्त्रण गम्भिर र चुनौतिको बिषय बनेको छ । सामुहिक रुपमा सबै स्थानिय तह र सम्बद्ध सरोकारवाला सबैलाई जोडेर चौधरीले न्युनिकरणकालागि पहल सुरु भएको बताउनुभयो । लागुऔषधका क्षेत्रमा काम गर्दै आईरहेको प्रतिष्ठित संस्था नार्कोनन् नेपालको सहयोगमा बिषेश अभियानको तयारी गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच