ग्रुप एसएमएसमा आकर्षण

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश अर्थात् ग्रुप एसएमएस सेवा प्रभावकारी देखिएको छ । उक्त सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ ।

अफरअन्तर्गत सन्देश पठाउँदा प्रतिसन्देश शुल्क ५० पैसामात्र लाग्छ । आवश्यकताअनुसार दुई हजार, पाँच हजार र १० हजारवटा मोबाइल नम्बरमा एकैपटक वा पटक–पटक सन्देश पठाउन सकिने सुविधा ल्याएको कम्पनीले जनाएको छ । दुई हजार सन्देश पठाउन सकिने प्याकअन्तर्गत एक हजारमा दुई दिनभित्रमा दुई हजार सन्देश पठाउन सकिन्छ ।

त्यस्तै, पाँच हजार सन्देश पठाउन सकिने प्याकअन्तर्गत २५ सय रुपैयाँमा पाँचभित्रमा पाँच हजार सन्देश पठाउन सकिन्छ भने पाँच हजार शुल्कमा १० हजार सन्देश १० दिनभित्र पठाउन सकिन्छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउन आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरू एक्सेल सिटमार्फत् अपलोड गर्नुपर्ने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?