शासक हैन गुल्मेली जनताको सेवक बन्छुः उम्मेदवार श्रेष्ठ

गुल्मी क्षेत्र नं-२ (क) का गठबन्धन उम्मेदवार भुवनप्रसाद श्रेष्ठ । तस्बिर: रमेश विश्वकर्मा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले गुल्मेली जनताको सेवक बन्न चाहेको बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा गुल्मी क्षेत्र नं-२ प्रदेश सभा (क) मा गठबन्धन दलका साझा उम्मेदवार श्रेष्ठले गुल्मेली जनताको शासक नभई सेवक बन्ने बताउनुभएको हो ।

निर्वाचनको मिति नजिकिएसंगै मतदाता भेटघाट तथा चुनावी कोण सभामा व्यस्त हनुभुएका श्रेष्ठले गलत नेतृत्वले पटक-पटक चुनाव जितेकाले गुल्मेली जनताले विकास देख्न नपाएका समेत बताउनुभएको छ । अखण्ड लुम्बिनी प्रदेश निर्माण अभियानका नेतृत्वकर्ता श्रेष्ठले भन्नुभयो,-“गुल्मी जिल्लालाई विकासको प्रर्याय बनाउने हामीसंग सहि दृष्टिकोण छ, योजना छ, दृढ संकल्प छ ।”

उहाँले अहिले नेपाली युवा खाडीमा सबैभन्दा सस्तो मूल्यमा पसिना बेच्न बाध्य भइरहेको भन्दै उनीहरुलाई स्वदेशमा फर्काइ स्वरोजगार बनाउने अभिभारा बोक्न आफुले चाहेको बताउनुभयो । अहिले धनी र गरिबका छोराछोरीले पढ्ने स्कुल समेत फरक-फरक देखिएकोले शिक्षामा आमूल सुधारका लागि आफ्नो सहि दृष्टिकोण रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?