‘जित मान्दिन’ भन्दै प्रेक्षा र रञ्जन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रेक्षा लम्साल र रञ्जन राईको स्वरमा रहेको गीत ‘जित मान्दिन’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द, संगीत, एरेन्ज र विशाल निरौलाको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय छ । भिडियोमा प्रेम र रोमान्सलाई देखाइएको छ ।

उत्सव दाहालको छायांकन र राकेश दाहालको सम्पादन रहेको भिडियोमा मनाङका विभिन्न रमणीय दृश्य कैद गरिएको छ । डिसी अधिकारीको प्रस्तुतिमा निर्माण भएको भिडियो प्रनिमा दाहाल अफिसियल च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?