साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को चितवनमा प्रिमियर शो हुने

Read Time = 1 min

चितवन । आगामी २९ पुसमा  रिलिज हुने साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ काे प्रिमियर शो चितवनमा हुने भएको छ ।

लक्की मिडिया हाउस चितवनको आयोजनामा २७ पुस साँझ ६ बजे चितवनमा कलाकारहरुको साथमा प्रिमियर शो हुने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले जानकारी दिए ।

फिल्ममा साम्राज्ञी तथा पुष्पसहित सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपीशा केसी, खड्कबहादुर पुन ‘खबपु’को अभिनय छ । फिल्म सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले लेखेका हुन् ।

आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह-निर्माताका रूपमा रहेका छन् । यसैगरी सविर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?