नेपाल टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पहिलो संस्करणको लिगको खेल तालिका सार्वजनिक गरेको हो । कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करण आगामी मंसिर २६ बाट पुस १६ सम्म आयोजना हुनेछ । डबल राउण्डमा हुने यस प्रतियोगितामा कुल ३४ खेल हुनेछन् । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

लिग चरणका ३० खेल हुँदा प्रत्येक दिन दुई खेल हुनेछन् । प्लेअफका खेलका दिन भने दिनमा एक खेलमात्र हुनेछ । यस लिगको पहिलो संस्करणमा काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अलस्टार रहेका छन् ।

उद्घाटन दिनकै दिउँसो लुम्बिनी र फारवेष्टबीच भिडन्त हुनेछ । दोस्रो दिन बिहान पोखरा र जनकपुर, दिउँसो विराटनर र लुम्बिनी, तेस्रो दिन बिहान काठमाडौं र फारवेष्ट, दिउँसो जनकपुर र विराटनगर भिड्नेछन् ।

पहिलो क्वालिफायर्स डिसेम्बर २७ मा हुनेछ । जसमा लिग चरणमा पहिलो हुने र दोस्रो हुनेबीच भिडन्त हुनेछ । यस्तै, इलिमिनेटर डिसेम्बर २८ मा हुनेछ । लिगमा तेस्रो हुने र चौथो हुनेबीच उक्त खेल हुनेछ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरको विजेताबीच खेल हुनेछ । उक्त खेल डिसेम्बर २९ मा हुनेछ । क्वालिफायर एक र क्वालिफायर दुईको विजेताबीच ३१ डिसेम्बरमा फाइनल हुने खेल तालिका रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?