मुस्ताङमा ३७८ मतले कांग्रेस अगाडि

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । मुस्ताङमा नेपाली कांग्रेसले ३ सय ७८ मतसहित अग्रता हासिल गरेको छ । मुस्ताङमा अहिलेसम्म गणना भएको ३७७९ मत गणना गर्दा कांग्रेसले अग्रता लिएको हो ।

कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मतले पछयाईरहनुभएको छ ।

उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरूङले ४१, राप्रपा नेपालका प्रविणकुमार शेरचनले ५ मत ल्याउनुभएको छ भने हालसम्म गणना भएको मध्ये ४० मत बदर भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?