टाइब्रेकरमा नेपाल भारतसित पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३–२ ले पराजित भयो ।

बुधबार घरेलु मैदान दशरथ रंगलशालामा भारतसँग नेपाल टाइब्रेकरमा पराजित भएको थियो ।

प्रशान्त लक्सम लिम्बु, लक्ष्मण थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न नसकेपछि नेपाल पराजित बन्यो । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरे ।

भारतका लागि अर्जुन सिंह,गोम्सर गोयारी र माङलिङ थेङ किपिङले गोल गरे । दिनेश सिंह र रिक्की मित्तलको पेनाल्टी नेपालका गोलरक्षक जियारथ शेखले बचाएका थिए ।

यसअघि निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

यससँगै भारत फाइनलमा प्रवेश गरेको छ । यसअघि पाकिस्तान फाइनलमा पुगिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?