राष्ट्रिय जनमोर्चा बाग्लुङमा अगाडि, प्युठानमा पछाडि

हिमालय टाइम्स
Read Time = 1 min

कास्की । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी बाग्लुङमा अग्रता कायम गरिरहँदा प्युठानमा भने पछाडि परेको छ ।

बाग्लुङ-१ मा ९३०२ मत गन्दा जनमोर्चाका चित्रबहादुर केसीले ३३४९ मत ल्याएर अग्रता कायम गरिरहनु भएकाे छ । दोस्रो स्थानमा रहेका एमालेका सूर्य पाठकले ३३४० मतले पछ्याइरहनु भएकाे छ । सत्तारुढ गठबन्धनका उम्मेदवार केसी एमालेका पाठकभन्दा मात्र नौ मतसहित अगाडि हुनुहुन्छ ।

प्युठानमा भने एमालेका सूर्य थापाले राजमो अध्यक्ष दुर्गा पौडेललाई झिनो मतले पछि पार्नुभएकाे छ । थापाले ८८२ मत ल्याउँदा पौडेलले ५६७
मत ल्याउनु भएकाे छ । दुर्गा सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार हुनुहुन्छ । जनमोर्चाले सत्तारुढ गठबन्धनको भागबन्डामा प्युठान र बाग्लुङ गरी दुई स्थान  प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?