उदयपुर २ (क) मा माओवादीका नारायणबहादुर बुर्जा मगर विजयी

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । उदयपुर २ (क) मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका नारायणबहादुर बुर्जा मगर विजयी हुनुभएकाे छ । ८१०५ मत प्राप्त गरी उहाँ प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएकाे हाे ।

मगरले एमालेका देवराज राईलाई ३५ मतले पराजित गर्नुभएकाे छ । राईले ८०७० मत प्राप्त गर्नुभएकाे थियाे । जम्मा  १९ हजार १५ मत खसेको थियो । निर्बाचन क्षेत्र २ (ख) मा लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका पर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?