बारा २ बाट जसपाका रामसहाय यादव विजयी

फाइल तस्बिर

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 1 min

बारा । बारा २ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ ।

निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा विजयी हुनुुभउको हो ।

जसपाका यादवले १३ हजार ८२३ मत पाउनुभयो । माओवादीका कुशवाहाले १३ हजार ४६८ मत ल्याउनुभयो । यस्तै स्वतन्त्र रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत पाउनुभयो ।

अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५० मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७ हजार ६९८ मत ल्याउनुभयो ।

जनमत पार्टीका राजेश साहले २ हजार ७२५ मत र नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले एक हजार १११ मत प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?