‘डेसान’को ट्रेलर सार्वजनीक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘डेसान’ को ट्रेलर सार्वजनिक गरिएको छ । यही मंसिर २३ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘डेसान’को करिब पौने दुई मिनेट लामो ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा नारी सम्वेदना, पारिवारिक प्रेम, धोका तथा बिखण्ड र असमझदारीको कथा प्रस्तुत गरिएको छ ।

कमल एक्चै मगर निर्देशित चलचित्रममा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगरलगायतको अभिनय छ । यस चलचित्रबाट निशान र पुनम ठूलो पर्दामा प्रस्तुत हुनुभएको छ ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउचाले लेख्नुभएको हो भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनको छायांकन रहेको चलचित्रमा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रविशा अधिकारीको स्वर र अजय स्याङ्तेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन रहेको चलचित्रको वितरण एफडी, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?