फ्रान्स नकआउट चरणमा

Read Time = 2 mins

दोहा । फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा लगातार दुई खेलमा जित हात पार्दै फ्रान्सले अन्तिम १६ मा स्थान बनाएको हो । समूह ‘डी’ मा दोस्रो जित हात पार्ने क्रममा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित गर्‍यो ।

फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई गोल गर्नुभयो । खेलको दोस्रो हाफको ६१औँँ मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । त्यसको केही बेरमा नै डेनमार्कले बराबरी गोल गर्न सफल भयो । खेलको ६८औँँ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत् गोल गर्दै खेलै एक/एक गोलको बराबरीमा ल्याउनुभयो ।

खेलको ८६औँँ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गर्नुभयो । उपाधि रक्षा गर्ने लक्ष्यसहित कतार आएको टोली जारी विश्वकपमा समूह चरण पार गर्ने पहिलो टोली पनि बन्यो । फ्रान्सको दुई खेलमा ६ अंक छ । अष्ट्रेलियाको तीन तथा डेनमार्क र ट्युनिसियाको एक÷एक अंक छ । अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया र डेनमार्कले अष्ट्रेलियासँग खेल्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?