५०० रुपैयाँले बढ्यो सुनको मूल्य

Read Time = 1 min

काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य  तोलामा ५००  रूपैयाँले बढेको जनाएको छ । चाँदीको मुल्य ४० रुपैैयाँले बढेको छ ।

सुनको मूल्य प्रतितोला ९८ हजार १००  रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवारका  सुनको मूल्य २०० रूपैयाँले घटेको थियो । चाँदीको मुल्य ५ रुपैैयाँले बढेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?