काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको यहि मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ३ लाख ७९ हजार ३५८ मतगणना गरिएको छ ।
शुक्रबार बिहान ९ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा एमाले अग्रस्थानमा कायमै छ ।
एमालेले २७ लाख ७२ हजार ९८५ मत पाएको छ । यस्तै नेपाली कांग्रेसले २६ लाख ४३ हजार २ सय ९६ मत ल्याउँदै एमालेको पछिपछि छ भने ११ लाख ६१ हजार १ सय ७३ मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४ सय १६ मत ल्याएर चौथो स्थान कायम राख्दा नेकपा एकीकृत समाजवादी भने अहिले पनि राष्ट्रिय पार्टी बन्न संघर्षरत छ। समाजवादीले २ लाख ९४ हजार १८ मत ल्याएको छ।
नेकपा एमाले- २७,७२,९८५
नेपाली कांग्रेस- २६,४३,२९६
नेकपा माओवादी केन्द्र/नेकपा एस- ११,६१,१७३
राष्ट्रिय स्वतन्त्र पार्टी- ११,१९,४१६
राष्ट्रि प्रजातन्त्र पार्टी- ५,८५,८८७
जनता समाजवादी पार्टी नेपाल- ४,२०,९२८
जनमत पार्टी- ३,९४,३४०
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच