सगरमाथामा रोयल इनफिल्डको झण्डा

Read Time = 1 min

काठमाडौं । रोयल इनफिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले जेठ १ गते सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

श्रेष्ठले ११ अप्रिलमा १० जना विभिन्न मुलुकका पदयात्रीसँगै आरोहण पूरा गर्नुभएको हो । सगरमाथा आरोहण ‘८८४८ बालिकालाई बालविवाहविरुद्ध शिक्षा’ अभियान सफल बनाउन अल्फा अटोमोटिभ प्रालिले त्रिवेणी ग्रुपको कार्यालयमा अप्रिल ९ मा एक कार्यक्रम आयोजना गरी कम्पनीका निर्देशक हर्ष संघाइले शुभकामनाका साथै रोयल इनफिल्डको झण्डा प्रदान गर्नुभएको थियो ।

विश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभ रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?