एपिक नेपाल म्युजिक अवार्डका उत्कृष्ट पाँच सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करणका उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । आगामी माघ ७ सम्पन्न हुन गइरहेको ‘चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । गीतसंगीतका विभिन्न ३९ विधालाई समेटिएको यो अवार्डको सार्वजनिक मनोनयनलाई आगामी पुस २ गते प्रमाणपत्र वितरण गरिने बताइएको छ ।

भक्तपुरबाट वितरण गरिने यस अवार्डमा मौलिक थाली नाँच, काठे गीत, सर्वोत्कृष्ट भाषभाषीलाई पनि समावेश गरिएको छ । सर्वोत्कृष्ट भाषभाषीमा उत्कृष्ट दश गीतको मनोनयन सार्वजनिक गरिएको छ । यसपटकको अवार्डको चौथो संस्करणलाई सूर्य विनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं–४ ले सहकार्य गरेको छ । अवार्ड समारोह शंखधर पार्कमा सम्पन्न हुने आयोजकले जनाएको छ । अवार्डले ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान’ बोकेको छ ।

अवार्डका अध्यक्ष कृष्णलाल साहुखलका अनुसार अवार्ड समारोहका दिन महानायक राजेश हमाललाई नगद एक लाख एक हजार १११ रुपैयाँसहित महानायक सम्मान प्रदान गरिनेछ । यस्तै नगद राशीसहित चलचित्र पत्रकार प्रकाश सुवेदीलाई चलचित्र पत्रकार सम्मान र पत्रकार गोपिकृष्ण चापागाईंलाई युवा पत्रकार सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?