सवारी दुर्घटनामा एक महिलाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

झापा । झापाको कमल गाउँपालिका-५ मा शुक्रवार अपराह्न भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । पूर्व पश्चिम मार्गको पाडाजुंगी नजिकै बसले मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

को ३२प८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले ठक्कर दिँदा बेलबारी नगरपालिका-८ कि ५८ वर्षीया तुलसा देवी गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मोटरसाइकल पछाडी सवार गुरुङलाई तत्काल उद्धार गरेर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएकोसमेत प्रहरीले जानकारी दिएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?