लक्ष्मीका थप दुई एक्सटेन्सन काउन्टर

Read Time = 1 min

काठमाडौं । लक्ष्मी बैंकले थप दुई एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । एक्सटेन्सन काउन्टरहरू महोत्तरी जिल्ला अदालत र सिरहा जिल्ला अदालतमा सञ्चालनमा ल्याएको हो ।

पछिल्लो एक्सटेन्सन काउन्टरसँगै लक्ष्मी बैंकका शाखा सञ्जाल ५० जिल्लामा एक सय ४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, एक सय ७६ एटिएम, २५ सयभन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्ट पुगेको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?