२०२२ बलिउडका लागि मिश्रित वर्ष, आशा ०२३मा

Read Time = 2 mins

मुम्बई । सन् २०२२ बलिउडका लागि मिश्रित वर्ष रहेको छ । केही चलचित्रले राम्रो सफलता हासिल गरे भने केही चलचित्रले पानीसम्म भन्न पाएनन् । चलचित्र ‘लाल सिंह चड्डा, सम्राट पृथ्वीराज, राधेश्याम’ जस्ता ठूला बजेटका चलचित्र सिनेमाघरमा आएको र गएको पत्तै भएन । चलचित्र ‘ब्रहृमास्त्र, आरआरआर, केजिफ च्याप्टर २’ लगायतकाले भने केही हदसम्म बलिउडको इज्जत बचाउन सफल भए ।

आमिर खानको ‘लालसिंह चडड,’ अक्षय कुमारको ‘रक्षा बन्धन,’ ऋतिक रोशन-सैंफ अलीको ‘विक्रम वेधा,’ तापसी पन्नुको ‘दोबारा,’ रणवीर कपुरको ‘शमशेरा’ले बलिउडलाई निराश पारे । यी चलचित्रहरू बक्सअफिसमा कमजोर सावित भए । सन् २०२२ को बलिउड चलचित्रहरूको व्यापारको अवस्थाले बलिउड चलचित्रमेकरमा पनि चुनौती थपेको छ ।

यद्यपि, केही चलचित्रले भने लगानी उठाउनुका साथै सफलता हात पारे । जसमा ‘ब्रहृमास्त्र : पार्ट वान-शिवा’, ‘द कश्मीर फाइल्स’, ‘भूल भुलैया २’, ‘दृष्यम २’ र ‘गंगुबाई काठियावाडी’ लगायत रहेका छन् ।

सन् २०२३ को सुरुवातसँगै अहिले शाहरूख खान र दीपिका पादुकोण अभिनित ‘पठान’ चर्चामा छ । यो चलचित्र जनवरी २५ बाट सार्वजनिक हुँदै छ । यस चलचित्रले राम्रो व्यपार गर्नेमा बलिउडकर्मी आशावादी देखिएका छन् । यस्तै सलमान खानको चलचित्र ‘किसीका भाइ किसीकी जान’ र ‘टाइगर ३’ पनि २०२३ मा रिलिज हुने बहुप्रतिक्षित चलचित्र रहेका छन् । एजेन्सी ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?