नवजीवन सहकारीलाई ५० हजार पुरस्कार

Read Time = 3 mins

काठमाडौं । नवजीवन सहकारीलाई ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार २०७९’ प्रदान गरिएको छ । कैलालीको धनगढीस्थित उक्त सहकारीले सहकारीका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएबापत २०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार नवजीवन संस्थालाई प्रदान गरिएको हो । नवजीवनले प्राप्त गरेको पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । कमलमणि स्मृति साझा सेवा सहकारीको ३८ औँ साधारणसभाका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नवजीवन सहकारीका अध्यक्ष देवबहादुर बमलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गर्नुभयो । सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको सिफारिसमा उक्त पुरस्कार नवजीवनले प्राप्त गरेको बताइएको छ ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. रेग्मीले साझा सेवाले पुरस्कारका माध्यमबाट सहकारीको प्रवद्र्धनमा ठूलो भूमिका निर्वाह गरेको उल्लेख गर्दै पुरस्कारले सहकारीको उत्थान र विकासमा थप टेवा पुग्ने बताउनुभयो । कमलमणि स्मृति साझा सेवा सहकारी संस्थाले २०७५ सालदेखि सहकारीका माध्यमबाट अर्थतन्त्रमा योगदना पुर्‍याएबापत सहकारीलाई पुरस्कार प्रदान गर्दै आएको संस्थाका अध्यक्ष शंकरप्रसाद पाण्डे जानकारी दिनुभयो ।

नवजीवन सहकारी संस्थाको चुक्ता पुँजी छ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सुदूरश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा १० वटा शाखा कार्यालयमार्फत् सेवा प्रदान गर्दै आएको छ । सहकारी संस्थामा ३१ हजारभन्दा बढी सदस्य रहेका छन् । सहकारीले काठमाडौंमा पनि शाखा कार्यालय सञ्चालन गर्न अनुमति प्राप्त गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?