बार्सिलोना स्पेनिस सुुपर लिग च्याम्पियन

Read Time = 2 mins

बार्सिलोना । बार्सिलोनाले स्पेनिस सुपर लिग फुटबलको उपाधि जितेको छ । ला लिगा प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई तीन–एक गोलअन्तरले पराजित गर्दै बार्सिलोना च्याम्पियन बनेको हो । साउदी अरबको रियादमा आइतबार राती भएको खेल जित्दै बार्सिलोनाले सन् २०१८–१९ पछि पहिलोपल्ट सुपर लिगको उपाधि जितेको हो ।

बार्सिलोनालाई च्याम्पियन बनाउन गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले गोल गर्नुभयो । रियलका कप्तान करिम बेन्जेमाले एक गोल फर्काउनुभयो ।

खेलको ३३औँ मिनेटमा गाभीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लियो । पहिलो हाफको इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पार्नुभयो । ६८औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई जित दिलाउनुभयो । इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा कप्तान करिम बेन्जेमाले एक गोल फर्काउनुभयो ।

यता, फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको दोस्रो हार बेहोर्‍यो । पिएसजी घरेलु टोली रेन्नेससँग एक–शून्यले स्तब्ध बन्यो । पिएसजीलाई स्तब्ध पार्न रेन्नेसका हामरी ट्राओरेले दोस्रो हाफको ६५औँ मिनेटमा निर्णायक गोल गर्नुभयो ।
यस हारपछि पनि पिएसजी १९ खेलबाट ४७ अंक जोडेर शीर्षस्थानमा यथावत् रहेको छ । पिएसजीलाई पछ्याइरहेको लेन्सको ४४ अंक छ । पिएसजीलाई हराएको रेन्नेस ३७ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?