काठमाडौँ । राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनबाट प्रतिनिधि सभामा सभामुखको उम्मेदवार बन्नुभएको ईश्वरी न्यौपानेको पक्षमा मतदान गर्ने भएको छ ।
सो पार्टीका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बिहीबार सभामुखको उम्मेदवारमाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै अहिले पनि प्रतिगमन नसच्चिएको बताउँदै न्यौपानेको पक्षमा मतदान गर्ने बताउनु भयो ।
राष्ट्रिय जनमोर्चा अहिले पनि प्रतिगमन सच्चियो भन्ने पक्षमा नभएको उहाँको भनाइ थियो । ‘कांग्रेस किन प्रतिपक्षमा बस्न सकेन भन्दै प्रश्न समेत गरे । ‘तर जे भएपनि छातिमा मुड्की हानेर भएपनि इश्वरी न्यौपानेलाई सभामुखमा समर्थन गर्छ’, केसीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच