एम्बाप्पे एक्लैको पाँच गोल

Read Time = 2 mins

पेरिस । किलियन एम्बाप्पे एक्लैले पाँच गोल गरेको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी)ले फ्रेन्च कपमा पेस डे कासलमाथि सात-शून्यको जित हात पारेको छ । खेलमा एम्बाप्पेसँगै नेमार र कार्लोस सोलरले एक-एक गोल थप्नुभयो । जितसँगै पिएसजी प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । पेस डे क्यासल फ्रान्सेली फुटबलको छैटौँ श्रेणीको लिग खेल्ने टोली हो ।

पहिलो हाफमा नै एम्बाप्पेले तीन तथा नेमारले एक गोल गरेपछि पिएसजीले चार-शून्यको अग्रता लिएको थियो । दोस्रो हाफमा पनि एम्बाप्पेको दुई तथा सोलरले एक गोल थप्नुभयो । अब पिएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेको सामना गर्नेछ ।

यता, इंग्लिस प्रिमियर लिगमा टोटनहमले घरेलु टोली फुलहममाथि एक-शून्यको जित दर्ता गर्‍यो । पहिलो हाफमा हृयारी केनले टोलीका लागि निर्णायक गोल गर्नुभएको थियो । योसँगै उहाँले २६६औँ गोल गर्दै टोटनहमका सर्वकालीन सर्वाधिक गोलकर्ताका रूपमा जिमी ग्रिभ्सको कीर्तिमानलाई बराबरी गर्नुभएको छ ।

यस जितसँगै टोटनहम २१ खेलबाट ३६ अंक जोडेर चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी छोट्याएर पाँचौँ स्थानमा यथावत् रहेको छ । पराजित फुलहम २१ खेलबाट ३१ अंक जोडेर सातौँ स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?