सोमबारदेखि रुपन्देहीमा नवयुवा कप फुटबल प्रतियोगिता

हिमालय टाइम्स
Read Time = 2 mins

भैरहवा । रुपन्देहीको ओमसतियामा  सोमबारबाट १०औँ नवयुवा कप फुटबल प्रतियोगिता हुने भएको छ । नव युवा खेलकुद तथा सा‌ंस्कृतिक परिवार ठुठीपिपलको आयोजनामा स्थानीय कर्मडाडा मैदानमा १०औं संस्करणको रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

माघ २३ देखि फागुन ९ गते सम्म हुने प्रतियोगितामा जिल्ला भित्रका ११ र बाहिरका ५ टिम गरी १६ टिमको सहभागिता रहने छ । ओमसतिया गाउँपालिकाको मुख्य प्रायोजन तथा ओमसतिया गाँउपालिका वडा नम्बर १ को सहप्रायोजनमा हुने प्रतियोगितामा  विजेताले २ लाख रुपैयाँ र उप विजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।

त्यसै गरी उत्कृष्ट खेलाडी,  उत्कृष्ट गोल रक्षक र सर्बाधिक गोलकर्तालाई ८-८ हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ सय रुपैयाँले पुरस्कृत गरिने आयोजक संस्था नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारका अध्यक्ष चन्द्र बहादुर गुरुङले जानकारी दिनुभयाे ।

प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?