आइएमईद्वारा तीन अर्ब बीमा शुल्क आर्जन

Read Time = 3 mins

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले झण्डै तीन अर्थात दुई अर्ब ९८ करोड ५८ लाख बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले दुई अर्ब ४४ करोड ७३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २२ प्रतिशतले बढी हो ।

सो अवधिमा कम्पनीले दुई अर्ब ८९ करोड चार लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ३७ करोड ९२ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २१ प्रतिशतले बढी हो ।

कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४० करोड चुक्ता पुँजी थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको चुक्ता पुँजी सय प्रतिशत बढी हो । कम्पनीको जगेडा कोषमा एक अर्ब १० करोड पाँच लाख रुपैयाँ सञ्चिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जगेडा कोष ८१ प्रतिशत बढी हो ।

त्यस्तै, जीवन बीमा कोषमा छ अर्ब सात करोड ७३ लाख रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कोष ४३ प्रतिशत बढी हो । त्यस्तै, दीर्घकालीन लगानी तथा कर्जा आठ अर्ब चार करोड ७१ लख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ४१ करोड १९ लाख दीर्घकालीन लगानी तथा कर्जा रहेको थियो । चालु आवको त्रैमाससम्ममा खुद नाफा १८ करोड २४ लाख रहेको छ । गत वर्षको सोही अवधिसम्म १० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?