राष्ट्रपति भण्डारी आज हेटौँडा जाँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा जाँदै हुनुहुन्छ ।

आज हेटौँडा अस्पतालको नव निर्मित भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी त्यहाँ जान लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारी मध्यान्ह १२ः१५ बजे हेटौँडा पुग्ने बताइएको छ ।

राष्ट्रपति भण्डारीले अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?