पाँच अर्ब ७० करोडको सेयर कारोबार

Read Time = 3 mins

काठमाडौं । यस साता सेयर बजार ११.३१ अंकले घटेर बजार पुँजीकरण एक खर्ब ४३ अर्ब रुपैयाँमा झरेको छ । गत साता ३१ खर्ब ७९ अर्ब ४० करोड रहेको बजार पुँजीकरण घटेर ३१ खर्ब ६६ अर्ब रुपैयाँमा सीमित भएको हो । यस साता नेप्से ११ अंक घटेर २२२३.७८ अंकमा बन्द भएको थियो । गत साता २२३५.०९ अंकमा बन्द भएको थियो ।

यस साता १३ समूहगत सूचकमध्ये तीनवटाको बढेको छ भने बाँकी १० वटाको घटेको छ । साता बैंकिङ उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड बढेको छ । बैंकिङ सबैभन्दा धेरै ०.३३ प्रतिशत बढेर १५४८.८७ बिन्दुमा पुगेको छ । होटल तथा पर्यटन समूहको सूचक साता सबैभन्दा बढी घटेको छ ।

यस साता कुल पाँच अर्ब ७० करोडभन्दा बढीको सेयर कारोबार भएको छ । दैनिक औसत एक अर्ब १४ करोडको सेयर कारोबार भएको हो । गत साता दैनिक औसत एक अर्ब ३० करोडको कारोबार भएको थियो ।

नारायणी डेभलपमेन्ट बैंकको सर्वाधिक १५.०७ प्रतिशत बढेर तीन सय ९७ रुपैयाँ पुगेको छ भने मेगा बैंक ११.११, रुरु जलविद्युत् ५.८८, प्रभु इन्स्योरेन्स ५.३८ र सामुदायिक लघुवित्तको ४.८३ प्रतिशतले बढेको छ । सर्वाधिक घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक १७.२० प्रतिशत घटेर तीन सय ८२ रुपैयाँमा झरेको छ ।

यस साता विभिन्न छ कम्पनीका कुल दुई करोड २५ लाख ३३ हजार ८२९.१६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन् । बलेफी हाइड्रोपावर र उपकार लघुवित्त गरी दुई कम्पनीको सेयर, साल्ट ट्रेडिङ, आरएसडिसी लघुवित्त र सेन्ट्रल फाइनान्स गरी तीन कम्पनीको बोनस र समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?